ललितपुरको च्यासल मैदान नजिकै शिशुको शव

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, १० : ५७
ललितपुरको च्यासल मैदान नजिकै शिशुको शव

काठमाडौं। ललितपुरको च्यासलमा नवजात शिशुको शव फेला परेको छ । च्यासलस्थित खेलमैदान नजिकै शनिबार बिहान शिशुको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

घटनास्थलमा रहेका एक प्रहरी अधिकारी अनुसार बच्चाको शव हेर्दा कसैले गर्भपतन गरेर फालेको जस्तो देखिएको छ ।घटनाबारे अनुसन्धान शुरू गरिने ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस