काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको बुधबार जारी सुचनामा उल्लेख छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो