रोल्पा । रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।
ट्रयाक्टर सोमबार राति दुर्घटना भएको हो। लु १ त ४९७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका– ७ तेवाङका २१ वर्षीय चालक तिलक विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक नारायण गुप्ताले जानकारी दिए।
दुर्घटनामा लुङग्री गाउँपालिका– ४ सानो नम्जाका ४२ वर्षीय लिलामणि विष्ट गम्भीर घाइते छन्। जिल्ला प्रहरी प्रवक्ता गुप्ताका अनुसार घाइते विष्टलाई थप उपचारका लागि बुटवल लगिएको छ।
खर बोकेर खुङ्ग्रीदेखि सानो नम्जातर्फ जाँदै गरेको उक्त ट्याक्टर तीव्र सुनिलस्मृति गाउँपालिका– ३ बर्जिवाङको भित्री सडकखण्डमा दुर्घटनामा परेको थियो।
ट्रयाक्टर सडकदेखि झन्डै एक सय मिटर तल खसेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० पुस २०८०, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु