काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । ११ पुस बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनको लागि ३५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ८ पुसमा १० अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएको थियो ।
त्यसबाहेक पनि राष्ट्र बैंकले ३ वटा निक्षेप संकलन उपकरण मार्फत ६० अर्ब तरलता खिचेको छ । बुधबार थप ३५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो । ६ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा ४५ अर्बको प्रस्ताव आएको थियो । उक्त निक्षेप संकलन उपकरणको ब्याजदर अधिकतम २.९४ प्रतिशत र न्यूनतमा २.२५ प्रतिशत प्रस्ताव गर्दा औसत २.७६३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ । चालु आर्थिक वर्षमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब ९७ अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट