काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा उनी शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ । अध्यक्ष लिङ्देनको भ्रमण दलमा राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसि अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी रहेका छन् ।
हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् । अध्यक्ष लिङ्देन पुस १२ गते स्वदेश फर्कर्ने कार्यक्रम रहेको प्रवक्ता राजेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ पुस २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग