काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुस २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ । महाधिवेशन केन्द्रित विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुङ्ग्याउन सकेको छैन ।
तीन गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेका थियो । आज बस्ने गरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा बस्दै छ ।
आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने