काठमाडौँ । जनता समाजवादी पार्टी मधेस प्रदेश कमिटी पुनर्गठन हुने भएको छ । जसपाको मधेस प्रदेश कमिटीमा देखिएको आन्तरिक विवादका कारण प्रदेश कमिटी नै विघटन गर्नुपर्ने कुरा उठ्दै आएको थियो । जितेन्द्र यादव, इसुफ खान, रामपृत पासमानलगायतले प्रदेश कमिटी विघटन गरेर पुनः अर्को गठन गर्नुपर्ने माग गर्दै आएका छन् ।
मधेस प्रदेश कमिटीका अध्यक्ष रामबाबु यादव अध्यक्ष बनेपछि मधेस प्रदेशमा पार्टी कमजोर भएको, पार्टीभित्र पनि विभिन्न विवादहरू सृजना भएको, पार्टी चेन अफ कमान्डमा नचलेको जस्ता गुनासो भइरहेको थियो । रामबाबु यादव अध्यक्ष भएपछि एउटा पनि बैठक बसाउन सकेका छैनन् । हरेक बैठकमा उनले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उपस्थित गराएर बैठक सञ्चालन गर्थे ।
पार्टीमा विवाद बढ्दै गएपछि कमिटीको बैठक बोलाएर त्यस विषयमा छलफल भएकामा कमिटीलाई नै पुनर्गठन गर्ने निर्णय भएको । सो पुनर्गठन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । ५१ सदस्य प्रदेश कमिटी गठन हुने जसपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी