प्रधानमन्त्रीको निर्देशन : झोलामा खोलाको स्थिति अन्त्य गरौं, काम नगर्नेको लाइसेन्स खारेज गर्नुस्​

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, १५ : ३५
प्रधानमन्त्रीको निर्देशन : झोलामा खोलाको स्थिति अन्त्य गरौं, काम नगर्नेको लाइसेन्स खारेज गर्नुस्​

काठमाडौं। ​प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गर्ने तर काम नगर्नेको लाइसेन्स खारेज गर्न निर्देशन दिएका छन् ।​

बिहीवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

 

‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ । लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ । यहाँ हामी लचिलो हुन जरुरी नै छैन । निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ । त्यो काम गर्नुस्’ उनले भने ।

 

 

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्युतको बक्यौता नतिर्नेहरूको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न पनि निर्देशन दिए ।‘विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ’, उनले भने, ‘त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस् ।

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काटौं । ठूलाबाट शुरू गरेर सबै बक्यौता उठाउनेतर्फ जाऊँ ।

प्रतिक्रिया दिनुहोस