काठमाडौँ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदै छ ।
त्यही अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन् ।
दाहालले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए । ‘एक वर्षपछि अर्को ढङ्गले काम गर्न चाहन्छु । प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढङ्गले काम गर्न लागेको छु,’ सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री दाहालले भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति