हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेकाे बताएका छन् । विभिन्न समयमा भएकाे टुटफूटबाट पार्टी जति झर्नुपर्ने थियो झरिसक्याे भन्दै उनले अब कमब्याकाे चरणामा रहेकाे बताए ।
प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विगठन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए ।
त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै पुनले अब माओवादी कम ब्याकको चरणमा रहेको बताए । उनले भने ‘हामीले संविधान बनाउन सकेनौँ, सेट ब्याक भो, त्यसपछि टुटफुट भो , एक पटक झरेपछि कम ब्याक गर्न समय लाग्छ, तर हामी उठ्छौं । माओवादी झर्नु जति झरिसक्यो।’
एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए । माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोषजनक नआएको रिपोर्ट कार्डहरू बाहिर आएको सन्दर्भमा उनले अब सरकारले स्पिड लिने विश्वास व्यक्त गरे ।
पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको स्पिड बढ्ने उनको भनाइ थियो । सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकाश जरुरी रहेको बताए ।
सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । देश आर्थिक मन्दीमा गएको, श्रीलंका भएको भन्ने हल्ला गलत रहेको उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन