एजेन्सी । अग्रता जोगाउन नसक्दा साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको छ । १–० को अग्रता जोगाउन नसक्दा बार्सिलोना तीन अंक जोड्नबाट वञ्चित भएको हो ।
स्टाडियो मेस्टालामा भएको खेलमा जाओ फेलिक्सले ५५औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ७०औँ मिनेटमा ह्युगो गुइलामोनले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काएका थिए ।
जारी सिजन साविक विजेता बार्सिलोनाको यो पाँचौँ बराबरी हो । १७ खेलबाट ३५ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको जिरुनाभन्दा ६ अंकले पछि छ । जिरुनाले १६ खेल खेल्दा ४१ अंक जोडेको छ ।
१७ खेलबाट २० अंक जोडेको भ्यालेन्सिया भने तालिकाको १०औँ स्थानमा छ ।
ला लिगामा गएराति नै भएका अन्य खेलमा गाटाफेले सेभियालाई ३–० ले, एथ्लेटिक क्लबले एट्लेटिको मड्रिडलाई २–० ले र सेल्टा भिगोले ग्रानाडालाई १–० ले पराजित गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ पुस २०८०, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बार्सिलोनामा नेपालीहरुले भरतपुर भ्रमणको बाँडे निम्तो
आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
यामालको गोलमा बार्सा दोस्रो स्थानमा
फ्लोरेनले आत्मघाती गोल गर्दा बार्सिलोनालाई राहत