काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित कार्ययोजनाको कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवम् विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले नागरिकले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् । उनले एक अर्काका कमी कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा काम गर्नुपर्नेमा जोड दिए।
आफू नेतृत्वको सरकारको एक वर्षे कार्यकाल पूरा हुने चरणमा रहेको र यस अवधिमा अपेक्षा गरिए अनुसारका काम भएको ‘प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ