बैतडी । बैतडीको सुर्नया गाउँपालिका–३ मा एक महिलाको हत्या भएको छ।
मंगलबार ५६ वर्षीया हरिना विष्टको हत्या भएको प्रहरीले जनाएको हो।
विष्टलाई स्थानीय २९ वर्षीय तेजबहादुर चन्दले धारिलो हतियार प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
टाउकोमा धारिलो हतियारले प्रहार हुँदा विष्टको घटनास्थलमै मृत्यु भएको थियो। चन्दले विष्टको गोठमा रहेका दुई वटा बाख्रा पनि काटेर मारेका छन्।
हत्यामा संलग्न चन्दलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयले उनको मानसिक अवस्था ठीक नभएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या