बैतडी । बैतडीको सुर्नया गाउँपालिका–३ मा एक महिलाको हत्या भएको छ।
मंगलबार ५६ वर्षीया हरिना विष्टको हत्या भएको प्रहरीले जनाएको हो।
विष्टलाई स्थानीय २९ वर्षीय तेजबहादुर चन्दले धारिलो हतियार प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
टाउकोमा धारिलो हतियारले प्रहार हुँदा विष्टको घटनास्थलमै मृत्यु भएको थियो। चन्दले विष्टको गोठमा रहेका दुई वटा बाख्रा पनि काटेर मारेका छन्।
हत्यामा संलग्न चन्दलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयले उनको मानसिक अवस्था ठीक नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या