काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलबारदेखि कोसी प्रदेशमा प्रवेश गर्न लागेको सो यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहले एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकामा पार्टीको ध्यानाकर्षण भएको बताए । उनले प्रदेश, सडक बन्दलगायत गतिविधि गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहलाई अवरोध सिर्जना नगर्न आग्रह गरे ।
उनले यस्ता अभियानमा अवरोध नगर्न र सहयोग गर्न आग्रह गरे । जनताका मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको उनले बताए । उनले राजनीतिक दलको अभियानमा अवरोध नगर्न र असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण ढंगले गुनासा राख्न आग्रह गरे ।
कोसी प्रदेश नामको विषय प्रदेशसभाको सवाल भएको उनले उल्लेख गरे । त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेशसभामा लगेर छलफल गर्ने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।
कोसी प्रदेश नामकरणमा एमालेसहित नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएकाले आफ्नो पार्टीलाई मात्र निसाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने उनले बताए ।
एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधान महाधिवेशनको तयारीमा एमाले: आज जनसंगठनका पदाधिकारीहरूको भेला
सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : एमाले
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
सरकारको एक वर्षको काम सन्तोषजनक रहेको एमालेको निष्कर्ष