विश्वकपको खेल तालिका सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, २१ : २९
विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौँ । दक्षिण अफ्रिकामा हुने आईसीसी यु-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आइसिसीले आउँदो जनवरीमा हुने यु-१९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाँडिएको छ । नेपाल समूह डीमा छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

समूह ए मा भारत, बङ्गलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सी मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्बे र नामिबिया छन् । नेपालले पहिलो खेल न्युजिल्यान्ड जनवरी २१, दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस