काठमाडौँ । दक्षिण अफ्रिकामा हुने आईसीसी यु-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आइसिसीले आउँदो जनवरीमा हुने यु-१९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाँडिएको छ । नेपाल समूह डीमा छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।
समूह ए मा भारत, बङ्गलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सी मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्बे र नामिबिया छन् । नेपालले पहिलो खेल न्युजिल्यान्ड जनवरी २१, दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै