जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १८ : ४२
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा देउताल गाउँपालिका- ५ बस्ने २५ वर्षीय गोपाल कुमार सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सहनीले ती महिलालाई भोजपुर नगरपालिका-७ स्थित संयोग होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस