काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा रहेका ४० हजारभन्दा बढी नेपालीको हकहितको रक्षा र उनीहरूलाई प्रत्यक्ष सेवा दिनका लागि राजदूतावास खोलिएको बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले पोर्चुगलमा नेपालीहरूहरूको संख्या बढिरहेकोले दूतावास आवश्यक रहेको बताए ।
त्यहाँ दूतावास खोलेपछि पोर्चुगलबाट नेपालमा पर्यटन, लगानी र व्यापार प्रवर्द्धनका लागि सहयोग पुग्ने बताए । शुक्रबार समितिले पोर्चुगलमा राजदूतावास खोल्नुको औचित् प्रष्ट पार्न मन्त्री साउदलाई समितिमा बोलाएको थियो।
मन्त्री साउदको भनाइपछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली रहेकोले दूतावास खोल्नु उचित भएपनि सरकारले आर्थिक व्ययभार धान्न सक्छ कि सक्दैन भन्दै प्रश्न गरे । उनले बजेट वक्तव्यमा अर्थमन्त्रीले बजेट छैन भनेर आवश्यक पर्ने सरकारी निकायलाई पैसा नदिएको भन्दै पोर्चुगलमा दूतावास व्यवस्थापनमा समस्या त पर्दैन भन्दै जिज्ञासा राखे । यस्तै उनले प्यालेस्टाइनको हमास समूहले अपहरण गरेका विपिन जोशीको अवस्थाबारे जानकारी गराउन आग्रह गरे ।
यस्तै सांसद रमेशजंग रायमाझीले पोर्चुगलमा राजदूतावास खोल्दा कति आर्थिक व्ययभार पर्छ भन्दै प्रश्न गरे । उनले कोप सम्मेलनमा जाँदा दुबईमा नेपाली राजदूतले राम्रो गाडी चढ्ने अवस्था समेत नदेखेकोले दूतावास खोलेपछि व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए ।
सरकारले पोर्चुगलमा पहिलोपटक दूतावास खोलेर राजदूत पठाउन लागेको हो । सरकारले पोर्चुगलको राजदूतका लागि प्रस्ताव गरेका सनिल नेपालमाथि संसदीय सुनुवाइ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता