दलले कामको चिन्ता गर्ने हो, चुनावको होइन : महामन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, २० मंसिर २०८०, १० : ५४
दलले कामको चिन्ता गर्ने हो, चुनावको होइन : महामन्त्री शर्मा

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत सालको चुनावको मतको आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा भएको बताएका छन् ।अहिलेको अवस्थामा देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक रहेको उनले बताए । नेपाली कांग्रेस बाजुराद्वारा मंगलबार आयोजित आमसभामा शर्माले सबै राजनीतिक दल मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताए ।

‘दलले मिसन ८४ को निर्वाचनको होइन, देश निर्माणको चिन्ता गर्नुपर्छ’, महामन्त्री शर्माको जोड छ । एमाले र रास्वपालाई लक्षित गर्दै उनले मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गर्नुभन्दा १५ वर्षभित्रमा देश बनाउने गरी भिजन बनाउन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस