कांग्रेस विभाजन गर्ने सपना कसैले नदेखे हुन्छः महामन्त्री शर्मा

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०८२, १६ : ४१
कांग्रेस विभाजन गर्ने सपना कसैले नदेखे हुन्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विभाजनका हल्ला अनावश्यक भएको बताएका छन् । आज बस्ने भनिएको केन्द्रीय समिति बैठक दुई महामन्त्री र काबा सभापति बीच समझदारी नजुटेकै कारण स्थगित गरिएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेसमा खुल्ला छलफल हुने तर पार्टी विभाजन गर्ने कुरा कसैले कल्पना गर्न नसक्ने जनाएका छन् ।

‘कांग्रेस फुट्ने कल्पना कसैले नगरे हुन्छ । बाहिर आएका हल्लामा कुनै सत्यता छैन, सभापति शेरबहादुर देउवाले सबैको भावना समेट्नुहुन्छ अहिले उहाँ देश बाहिर हुनुहुन्छ, देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर नबुझाउँदै सभापति देउवाले जिम्मेवारी हस्तान्तरण गर्नुभएकाले उहाँछ । उहाँको भनाइले पनि प्रष्ट हुन्छ पार्टीमा उहाँले कसरी नेतृत्व हस्तान्तरण गर्न खोज्नुभएको भन्ने’ उनले भने–‘पार्टीभित्र विभिन्न समूह हुन्छन्, छलफल हुन्छन् प्रजातान्त्रिक पार्टीमा । महाधिवेश कसैले मंसिरमा कसैले पछि गरौं भन्ने हो । कांग्रेसमा खुला छलफल भएको छ । चार वटा विकल्पमा छलफल मैले नै राखेको छु । केन्द्रीय समिति बैठकमा त्यही मिलाउन समय लागेको होइन समयोचित निर्णय गर्न हो ।’