काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने अवस्था आए आफू नै सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिर निस्कने चेतावनी दिएका छन्।
आगामी पुस २७ र २८ गते काठमाडौँमा आह्वान गरिएको विशेष महाधिवेशनबारे सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले पार्टीलाई विभाजनतर्फ जान नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका हुन्।
विशेष महाधिवेशनको घोषणा भएपछि पार्टीभित्र तथा बाहिर उठेका विभिन्न जिज्ञासा र आशंकालाई सम्बोधन गर्दै शर्माले महाधिवेशनका कारण पार्टी फुट्ने सम्भावना नरहेको स्पष्ट पारे।
उनले भने, “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन। यदि कुनै कारणले पार्टी विभाजनतर्फ जान लाग्यो भने अधिवेशन हलबाट सबैभन्दा पहिला म नै बाहिर निस्कनेछु।”
महामन्त्री शर्माको उक्त अभिव्यक्तिलाई पार्टी एकता जोगाउने स्पष्ट सन्देशका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
कांग्रेस विभाजन गर्ने सपना कसैले नदेखे हुन्छः महामन्त्री शर्मा
जेनजीका माग कांग्रेसले सम्बोधन गर्छ : महामन्त्री शर्मा
सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैनः महामन्त्री शर्मा
गणतन्त्रको विकल्प छैन: महामन्त्री शर्मा
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा