काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बस्ने बैठकले पार्टीको महाधिवेशन सार्ने लगायत विषयमा आवश्यक निर्णय गर्नेछ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सोमबार बसेको सचिवालय बैठकमा महाधिवेशन सार्ने विषयमा छलफल भएको थियो।
जाजरकोट भूकम्पका कारण कारण तयारी गर्न नपाएको र राष्ट्रिय सभा चुनाव समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने विषयमा बैठकमा छलफल भएको उनको भनाइ थियो।
एकीकृत समाजवादीले माघ १४ देखि १८ सम्म महाधिवेशन गर्ने तय गरेको थियो। सोमबारको बैठकले राष्ट्रिय सभा सदस्य चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय