काठमाडौँ । मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछानेले पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहित राजदूतसँग भेट गरेका हुन् ।
उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूतावासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर सम्भव भएसम्म छिटो समाधान दिन अनुरोध गरेका थिए ।
राजदूत पौडेलले सीमित स्रोत(साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिए ।
राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एक पटक ’मोबाइल एम्बेसी’ अभियान सञ्चालन भइरहेको पनि अवगत गराएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपाको उदयबाट अत्तालिएकाले मलाइ सिध्याउन भयानक षड्यन्त्र रचे: रवि लामिछाने
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर