काठमाडौँ । मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछानेले पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहित राजदूतसँग भेट गरेका हुन् ।
उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूतावासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर सम्भव भएसम्म छिटो समाधान दिन अनुरोध गरेका थिए ।
राजदूत पौडेलले सीमित स्रोत(साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिए ।
राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एक पटक ’मोबाइल एम्बेसी’ अभियान सञ्चालन भइरहेको पनि अवगत गराएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने