काठमाडौँ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन परराष्ट्र मन्त्रालयले रुस सरकारलाई पत्र पठाएको छ । रुसी सेनामा कम्तीमा ५ सय नेपाली भर्ना भएको अनुमान गरिएको छ ।
रुसी सेनामा भर्ती भई युक्रेनको युद्धमा ६ जना नेपाली मारिएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन पत्र पठाएको हो । नेपालले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न समेत अनुरोध गरेको छ । नेपालले भारत र बेलायतसँग मात्रै सेनामा भर्ती गर्न पाउने सम्झौता छ ।
‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ, ’परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी रुसी सेनामा भर्ना भइ हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’