एजेन्सी । रोमाञ्चक बनेको पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम ६ बलमा १० रन रक्षा गरे । उनले पहिलो ३ बलमा कुनै रन दिएनन् भने कप्तान म्याथ्यु वेडको विकेट पनि लिए ।
अस्ट्रेलियाले अन्तिम ओभरमा ३ रन मात्र बनाउन सक्यो र खेल हार्न पुग्यो । पाँचौँ टी-२० मा जितसँगै भारतले सिरिज ४–१ ले जितेको छ ।
चिन्नास्वामी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको टीम इन्डियाले २० ओभरमा १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि बेन म्याक डरमोटले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, ट्राभिस हेडले २८ तथा कप्तान म्याथ्यु वेडले २२ रन बनाए । भारतका लागि मुकेश कुमारले ३ तथा अर्शदीप सिंह र रवि विस्नोईले २–२ विकेट लिए ।
यसअघि श्रेयर ऐयरको अर्धशतकको मद्दतले भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । ऐयरले ३७ बलमा ५३ रन बनाए ।
त्यस्तै, अक्षर पटेलले ३१ तथा जितेश शर्माले २४ रन हिर्काएका थिए । अस्ट्रेलियाका लागि जेसन बेरेन्डर्फ र बेन ड्वारसिउसले २–२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’