सिराहा । सिराहा सशस्त्र प्रहरीले सिराहाको बडियारपट्टीबाट स्रोत नखुलेको आठ लाख रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट स्रोत नखुलेको आठ लाख रकम सहित बडियारपट्टी २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल चेक प्वाईन्टले शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिराहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए ।
रुपैयाँसहित नियन्त्रणमा व्यक्तिलार्ई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय माडरमा सिराहामा बुझाइएको जनाएको छ ।भारतीय बजारहरूमा नेपाली ग्राहकले सामान किनबेच गरेर जम्मा भएको रकम नेपाल ल्याएको हुनसक्ने जानकारहरू बताउँछन् ।
भारतीय बजारमा नेपाली ग्राहकले सामान किन्दा दिएको रकम नेपाली व्यवसायीको नाममा नेपाली बैंकमा खाता खोली भारतीय व्यवसायीले भारतमै एटीएम मार्फत रकम निकाल्ने गरेको व्यवसायीहरू नै बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ