काठमाडौँ । सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास-८ विमान सञ्चालन हुने भएको छ । कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा रहेको सुर्खेत विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सले हाल तराईका विमानस्थलमा सञ्चालन गरिरहेको ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि सुर्खेत उपत्यकामा पनि उडान अनुमति दिएको छ ।
१० महिनाअघि भएको परीक्षण उडान सफलपछि श्रीले मङ्सिर १५ गतेदेखि दैनिक काठमाडौँ–सुर्खेत क्यानेडियन विमान ड्यास-८ बाट उडान गर्न लागेको एयरलाइन्सले जनाएको छ ।
सुर्खेतमा सञ्चालन हुने ठूलो जहाजले सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाअन्तर्गत पश्चिमी भेगका नगर र गाउँपालिकाका स्थानीय, कर्मचारी, पदाधिकारीलाई पनि नेपालगन्ज र धनगढी विमानस्थल भएर काठमाडौँबाट ओहोरदोहोर गर्नुपर्ने लामो दूरीको बाध्यात्मक यात्रा अझ छोटो, सस्तो र सहज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)