काठमाडौँ । सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास-८ विमान सञ्चालन हुने भएको छ । कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा रहेको सुर्खेत विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सले हाल तराईका विमानस्थलमा सञ्चालन गरिरहेको ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि सुर्खेत उपत्यकामा पनि उडान अनुमति दिएको छ ।
१० महिनाअघि भएको परीक्षण उडान सफलपछि श्रीले मङ्सिर १५ गतेदेखि दैनिक काठमाडौँ–सुर्खेत क्यानेडियन विमान ड्यास-८ बाट उडान गर्न लागेको एयरलाइन्सले जनाएको छ ।
सुर्खेतमा सञ्चालन हुने ठूलो जहाजले सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाअन्तर्गत पश्चिमी भेगका नगर र गाउँपालिकाका स्थानीय, कर्मचारी, पदाधिकारीलाई पनि नेपालगन्ज र धनगढी विमानस्थल भएर काठमाडौँबाट ओहोरदोहोर गर्नुपर्ने लामो दूरीको बाध्यात्मक यात्रा अझ छोटो, सस्तो र सहज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता