काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय फाँटमा आफ्ना सबल र दुर्बल पक्ष औँल्याएको छ । महोत्तरीको जलेश्वरमा मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारद्वारा प्रस्तुत संसदीय कामको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
संसदीय फाँटमा पार्टी पाँच वटा क्षेत्रमा सबल रहेको प्रमुख सचेतक परियारको भनाइ छ । संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति अध्ययन र अनुसन्धानमा आधारित रहेको उनले बताए ।सांसदहरूले विषयवस्तुमाथिको गहिरो अध्ययन गर्ने गरेका छन् । सांसदहरूमा भाषाको पकड रहनुका साथै प्रविधिमैत्री पनि गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसका साथै संसदीय फाँटमा ६ वटा कमजोरी पनि देखिएको परियारले प्रतिवेदमा उल्लेख गरेका छन् । संसदीय दलको प्रतिवेदनमा पार्टीका सांसदहरू आत्म केन्द्रित र प्रचारमुखी भएको परियारले बताए ।सांसदहरूबिच सामूहिक कार्यको अभाव, सांसदबीच अनावश्यक प्रतिस्पर्धा, व्यक्ति केन्द्रीत प्रस्तुति, प्रचारमुखी चरित्र राजनीतिक बुझाइमा कमी र वैचारिक अस्पष्टता देखिएको प्रतिवेदनमा लेखिएको छ ।
पार्टीका सांसदहरूले दलीय व्यवस्थामा दलको भूमिका बुझ्न नचाहेको उनको भनाइ छ । परियारको प्रतिवेदनमा सभापति रवि लामिछानेको नागरिकता प्रकरण र सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पनि उल्लेख छ ।
राजनीतिक पार्टीहरूको घेराबन्दीका कारण सामान्य त्रुटि रहेको नागरिकता विषयलाई राजनीतिक रूपमा ठुलो मुद्दा बनाएर पार्टी सभापति र पार्टीमाथि आक्रमण गरिएको प्रतिवेदनमा उल्लेख छ।उच्च राजनीतिक संस्कार प्रस्तुत गर्दै २०७९ पुस ११ गते सभापति रवि लामिछानेले आफू बहाल रहेको उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएको परियारको भनाइ छ ।
लामिछानेको सांसद पदसमेत खारेज पछि उत्पन्न सङ्कटमा पार्टी एक ढिक्का भएको उनको भनाइ छ ।गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा प्रतिष्ठित अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेको आगमनले पार्टीलाई थप उचाइमा पुर्याउन सकारात्मक भूमिका खेल्यो प्रतिवेदनमा लेखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
हस्ताक्षर अभियानमा हस्तक्षेप भयो: रास्वपा
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार