जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिए ।
केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए ।
बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद आउने क्रम जारिरहेको उनले बताए । प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताए ।
रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेस प्रदेशमै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी
रास्वपाको विस्तारित बैठक सुरु
रास्वपाको विस्तारित बैठक आजदेखि, पार्टीको आगामी रणनीति तय गर्ने मुख्य एजेन्डा
रास्वपाद्वारा केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर
रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?