काठमाडौं। दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ। समितिको आज बसेको केन्द्रीय समिति बैठकले अर्को सूचना प्रकाशित नभएसम्मको लागि कार्यक्रम स्थगित गरेको हो ।
अभियानले यसको सट्टा कलंकी, बालाजु रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलंकी चोक, बालाजुको बीजी मल र रत्नपार्कमा मा बिहान ११ बजे एकैपटक सांस्कृतिक कार्यक्रम हुने अभियानले जनाएको छ ।
अभियानले शनिबार काठमाडौंको सिफलमा कार्यक्रम गरेको थियो । शुक्रबार तीनकुनेमा कार्यक्रम गर्ने भनिए पनि प्रशासनले नदिएपछि धरपकड मात्रै भएको थियो । अभियानले बिहीबार बल्खुमा कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ
विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई दुर्गा प्रसाईंको चेतावनी
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश