फ्लोरेनले आत्मघाती गोल गर्दा बार्सिलोनालाई राहत

एजेन्सी

आइतबार, १० मंसिर २०८०, १० : ३५
फ्लोरेनले आत्मघाती गोल गर्दा बार्सिलोनालाई राहत

एजेन्सी । रायो भालेकानोका फ्लोरेन लेज्युनले आत्मघाती गोल गर्दा बार्सिलोनाले हारबाट जोगिएको  छ।

स्पेनिस लालिगा अन्तर्गत गएराति बार्सिलोना र रायो भालेकानोबीचको खेल १-१ बराबरीमा टुंगिएको हो।

पहिलो हाफमा १-० गोलले अग्रता लिएको भालेकानोले दोस्रो हाफको ८२ औं मिनेटमा आत्मघाती गोल गर्दा बार्सिलोना हारबाट जोगिएको हो।

त्यसअघि भालेकानोका लागि लोपेजले ३९ औं मिनेटमा गोल गरेका थिए। अंकतालिकामा  बार्सिलोना ३१ अंकसहित चौथो स्थानमा छ।

शीर्षस्थानको गिरोनाले १३ खेल खेलेर ३४ अंक जोडेको छ। दोस्रो स्थानको रियल मड्रिडको ३२ र तेस्रो स्थानको एट्लेटिकोको ३१ अंक छ। दुबैले १३/१३ खेल खेलका छन्।