काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले देशको भाषाको संरक्षण चूनौतीपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम समाज, काठमाडौँको १४औँ साधारण सभा समारोहलाई सम्बोधन गर्दै उनले भाषा, भेष भूषा बचाउनका लागि निकै समस्या रहेको भन्दै मूल रुपमा देशको भाषाको संरक्षण चुनौतीपूर्ण रहेको बताएका हुन् ।
उनले भने, ‘भाषालाई मूल रुपमा संरक्षण गर्न चुनौती छ । केही समस्या छन् । हाम्रो भाषा हाम्रो भेष भूषा बचाउनका लागि बडो गाह्रो छ ।’उनले हस्तानतरण हुँदै आएका परम्पराहरूलाई आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट बिदा लिनुपर्ने धारणा राखे ।
उनले भने, ‘श्रुतिको आधारमा निरन्तर हाम्रा परम्पराहरु हामीसम्म हस्तान्तरण हुँदै आएका छन् र हाम्रो दायित्व के हो भने ती मूल्य, मान्यता, पद्धति र परम्पराहरु हाम्रो भेष भूषाका कुराहरू जीवनपद्धतिका कुराहरू आउँदो पुस्तालाई सुरक्षित हस्तान्तरण गरेर समाजको चक्रबाट हामी बिदा हुनुपर्छ ।’उनले सुदूरपश्चिमका भाषा, संस्कृतिले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिँदैन: एनपी साउद
कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न एनपी साउदकाे माग
निर्वाचनका लागि पार्टी तयार भएको छैन: एनपी साउद
संसदमा उठ्यो पाकिस्तानको उच्चस्तरीय सैनिक मण्डल नेपाल भ्रमणमा आएको विषय
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
सरकारले संविधान संशोधनको एक पाइला पनि चाल्न सकेन : साउद