विपिन जोशीको रिहाइका लागि पहल

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, १६ : ०४
विपिन जोशीको रिहाइका लागि पहल

काठमाडौँ । इजरायल र हमास समूहबिच युद्ध विराम भएपछि नेपालले विपिन जोशीको रिहाइ पहल थालेको छ । चार दिने युद्ध विराम कै क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।  

इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ । उक्त समयमा अपहरणमा परेका ५० जनालाई रिहा गर्ने सहमति भएको छ । सोही क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।  

परराष्ट्रमन्त्री एनपी साउदले नेपालस्थित इजरायली राजदूत हनान गोदेरलाई भेटेर पहिलो चरणमै रिहाइका लागि पहल गरिदिन अनुरोध गरे । बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा चार दिने युद्ध विरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । जवाफमा राजदूत गोदेरले इजरायल सरकारले प्राथमिकतामा राखेको बताएका थिए ।

गत अक्टोबर ७ तारिखमा हमासले आक्रमण गरेको थियो । सोही क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए । जोशीलाई हमास समूहले अपहरण गरेर गाजातर्फ लगेको थियो । हालसम्मको उनको अवस्था सार्वजनिक हुन सकेको छैन । तर, इजरायली सेनाले भने गाजास्थित एक अस्पतालमा उनी सुरक्षित रहेको दाबी गरेको छ । इजरायलले चार दिनका लागि युद्ध रोकेको छ । मानवीय सहायताका लागि भन्दै युद्ध रोकेको इजरायलले जनाएको छ । सोही क्रममा हमास समूहले ५० जनालाई रिहा गर्नेछ । पहिलो चरणमा ५० जना महिला र बालबालिकालाई रिहा गर्ने हमासले जनाएको हो । सोही क्रममा जोशीलाई समेत रिहा गर्नका लागि पहल गर्न मन्त्री साउदले अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस