काठमाडौँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
लु १ ज २२९७ नम्बरको जिप आज बिहान रुकुम-पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए ।
घाइतेहरूलाई चौरजहारी अस्पताल लगिएको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना