एजेन्सी । कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनमा सक्रिय हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपाली विद्यार्थी जोशी हमास समूहको नियन्त्रणमा रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्तालाई उदृत गर्दै जनाएको छ ।
‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुज अलुमिनमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासले जनाएको छ ।
तथापि, जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको दूतावासले जनाएको छ । ‘निज हालसम्म पनि सम्पर्कबिहीन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हमास समूहले ७ अक्टोबरमा एकाएक गरेको आक्रमणमा नेपाली १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी बेपत्ता भएका थिए । सरकारले जोशीको सकुसल रिहाइका लागि आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ मंसिर २०८०, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो