गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सदभावको र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताएका छन् । छठ पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान विभेद र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
“छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा सामाजिक एकतालाई कायम गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उनले भूगोल र क्षेत्रफलका हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व र सभ्यताका दृष्टिले नेपाल विश्वमै वैभवशाली रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता