काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबीच एकीकरण भएको छ । यो एकीकरणलाई ती पार्टीहरूले ध्रुवीकरण पनि भनेका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य काञ्छाराम तामाङ, केन्द्रीय सदस्य जीत बहादुर तामाङ, नेपाल समाजवादी पार्टीका संघीय परिषद सदस्य तथा पूर्व तेस्रो डिभिजन मिसी के कुबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य के राजकुमार, नेकपा माकेका बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद नेपालको एकीकरण भएको हो ।
यो एकताले सम्पूर्ण श्रमजीवी जनता, कम्युनिस्टहरुलाई थप एकीकरणका लागि उत्प्रेरित गर्ने विश्वास लिएको नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताएका छन् ।
नेपाललाई दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था एवं साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपबाट मुक्त गरेर देशमा वैज्ञानिक समाजवाद, नेपाली विशेषताको समाजवाद स्थापना गर्न चाहने शक्तिहरू बीचको एकता र ध्रुवीकरण भएको उनको भनाई छ ।
उनले देशको राज्यसत्ता दलाल भ्रष्टाचारी, सुदखोर, तस्कर, साम्राज्यवादीहरुको नियन्त्रणमा रहेका भन्दै त्यसको कारण देशको स्वाधीनता सर्वाधिक जोखिममा परेको टिप्पणी गर्दै जनताले सामान्य शान्ति, स्थिरता, गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी नपाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस