काठमाडौँ । झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले बिहीबार राति र शुक्रवार बिहान गरेको अप्रेसनमार्फत २० जुवाडेलाई नियन्त्रणमा लिएको हो ।शुक्रवार बिहान झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका ४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ ।
त्यस्तै बिहीबार राति भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटेलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटेल सञ्चालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट नगद १३ हजार ४० रुपैयाँ र १ बुक तास बरामद भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ