रुपन्देही । रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौँबाट दाङ जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा पल्टिँदा २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।
घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते