प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०८२, १३ : ५३
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिएका थिए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका छन् । ज्येष्ठ सदस्य केसीलाई संसद् सचिवालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरेको छ । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नेछन्

प्रतिक्रिया दिनुहोस