पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। लु.२ ख ४५ २ध्५ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो।
माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी, र्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
डीएसपी होमप्रकाश चौधरीका अनुसार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गर्दा खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०८२, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते