विश्वकप क्रिकेट: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच आज सेमिफाइनल भिडन्त

सफल खबर संवाददाता

विहीबार, ३० कार्तिक २०८०, १० : ०१
विश्वकप क्रिकेट: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच आज सेमिफाइनल भिडन्त

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन् ।

कोलकोतास्थित इडेन गार्डेनमा हुने खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे शुरू हुनेछ । 

लिग चरणमा दक्षिण अफ्रिका समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो । 

त्यस्तै अस्ट्रेलियाले पनि ९ खेलमध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।

आजको खेलको विजेता टोली उपाधिका लागि भिड्ने छ । 

प्रतिक्रिया दिनुहोस