काठमाडौ । फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि आज नेपालले यूएईको सामना गर्दैछ।
यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ। समूह एचमा रहेको नेपालले यूएईसँग खेल्दै दोस्रो चरण छनोटको सुरुवात गर्दैछ। फिफा वरियतामा यूएई ६९ र नेपाल १ सय ७३ औं स्थानमा छ।
युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोली आजको खेलमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ। यसअघि विश्वकप छनोट खेलेको टोलीबाट आजको खेलमा तीन खेलाडी मात्र छन्।
नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बु, डिफेन्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट यूएईविरुद्धको खेलमा छन्। टोलीका अर्का डिफेन्डर अनन्त तामाङ भने प्रशिक्षणमा घाइते भएपछि यूएईविरुद्धको टोलीबाट बाहिर छन्। आजको खेलमा उनको अभाव खड्किन सक्ने छ।
विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसलाई पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको थियो।
नेपाल रहेको समूह एचमा यूएईसँगै बहराइन र यमन छन्। होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ।
समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर