एजेन्सी । पूर्वी–भूमध्य सागरमा अमेरिकी सेनाको सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
नियमित अभ्यासमा रहेको सैन्य दुर्घटनामा चालक दलका सबै ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। उडानमै इन्धन भर्ने क्रममा लडाकु जहाज दुर्घटनामा परेको हो।
सेनाले दुर्घटनास्थलको विस्तृत विवरण सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ। गत महिना अमेरिकाले दुईवटा विमान बाहक युद्धपोत तथा लडाकु जेट भूमध्य सागरमा परिचालन गरेको थियो।
इजरायल र गाजाबीच संघर्ष जारी रहँदा अमेरिकाले आफ्नो ठूलो सैन्य शक्ति भूमध्ये सागरमा परिचालन गरेको अनुमान गरिएको छ।
विशेषगरी अमेरिका गाजा संघर्षमा लेबनानको हिजबुल्लाह समूहलाई रोक्न सचेत देखिएको छ। यो समूहलाई इरानको समर्थन छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ कार्तिक २०८०, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु