गोरखा। गोरखामा घरमा आगलागी हुँदा आमाछोराको मृत्यु भएको छ ।गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घरमा आगलागी हुँदा ७८ बर्षीया कान्छी गुरुङ र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको बताए । उनले भने, ‘हिजो राति घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खबर आयो । जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट प्रहरी निरीक्षक कमाण्डको टोली जाँदै छ ।’
घर न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि