गोरखामा आगलागी हुँदा आमा-छोराको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १३ : २६
गोरखामा आगलागी हुँदा आमा-छोराको मृत्यु

गोरखा। गोरखामा घरमा आगलागी हुँदा आमाछोराको मृत्यु भएको छ ।गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घरमा आगलागी हुँदा ७८ बर्षीया कान्छी गुरुङ र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको बताए ।

उनले भने, ‘हिजो राति घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खबर आयो । जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट प्रहरी निरीक्षक कमाण्डको टोली जाँदै छ ।’

घर न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस