दोलखा । दोलखाको भीमेश्वरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय सुजन मगरको मृत्यु भएको हो ।
कालिञ्चोकबाट चरिकोटतर्फ जाँदै गरेको बा २१ च ८२६८ नम्बर जीप बागमती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाका घाइते १२ मध्ये गम्भीर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए । बाँकी घाइतेको चरीकोटमै उपचार भइरहेको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त