काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वाटर लखिमपुर खिरी तथा सेक्टर हेडक्वाटर गोरखपुरबीच बाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
बिहीबार नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्री र भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वाटर लखिमपुर खिरीका डिआइजी जेडि वशिष्ठ तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआइजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो ।
बैठकमा सीमा सुरक्षा, भन्सार छली अवैध रूपमा हुने सामान ओसार पसारमा नियन्त्रण, सीमा स्तम्भ मर्मत संभार, मानव बेचविखन तथा अपहरण, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो ।
कार्यक्रममा नं. ५ मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लगायत लुम्बिनी प्रदेश अन्तर्गत भारतसँग सीमा जोडिएका जिल्लाहरूका गणका गणपतिहरू र भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्टहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल