एजेन्सी । एक वरिष्ठ अमेरिकी अधिकारीले यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू-९ रिपर ड्रोन खसालेको बताएका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार एक अमेरिकी अधिकारीले भनेका छन्, ‘अमेरिकी सेनाको रिमोट कन्ट्रोल विमानएमक्यू-९ लाई यमनको तटमा हुथी सेनाले खसालेको छ।’
हुथी एउटा सशस्त्र समूह हो जसले सन् २०१५ देखि यमनको समर्थक साउदी सरकारसँग युद्ध लडिरहेको छ।
यसअघि हुथी विद्रोहीले इजरायल र हमासबीचको युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएमा हमाससँग मिलेर इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएका थिए।
अक्टोबर ७ मा हमास र इजरायलबीच द्वन्द्व सुरु भएदेखि नै मध्यपूर्वमा आफ्ना सेनाविरुद्ध आक्रमण बढेको अमेरिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ कार्तिक २०८०, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि
ड्रोन निर्माण गर्ने कम्पनीमा आगलागी, कम्तीमा २२ जनाको मृत्यु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द