सडकपेटीमा मृत अवस्थामा युवक फेला

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, ०७ : ०२
सडकपेटीमा मृत अवस्थामा युवक फेला

काठमाडौँ  । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित सडकपेटीमा एकजना मृत अवस्थामा फेला परेका छन्। 

प्रहरीका अनुसार ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका–२ वेताउना घर भई हाल काठमाडौँ थापाथली बस्ने ३५ वर्षीय नारायण राम मृत अवस्थामा भेटिएका हुन्। 

घटनाबारे अनुसन्धान भरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस