काठमाडौँ । प्रहरीले विभिन्न ६ वटा जिल्लाबाट लागु औषध कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर, कैलाली, रुपन्देही, बर्दिया, झापा र बाँकेबाट लागु औषध प्रयोगकर्तालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कञ्चनपुर, भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका–६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाटलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाट ४८ वर्षीय पदम बहादुर कार्कीलाई प्रहरीले चरेस ९२ ग्राम ४२ मिलिग्राम सहित पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित १६ वर्षीय किशोर सहित दुई जनालाई पक्राउ गरिएको छ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बाट २८ वर्षीय विकास सेरबुजालाई पक्राउ गरिएको छ । सेरबुजाको साथबाट प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम बरामद गरेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका र बढैयाताल नगरपालिकाबाट ३ जनालाई पक्राउ गरिएको छ । बाँसगढीबाट १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित २२ वर्षीय निरज कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब ६ ग्राम ७ मिलिग्राम खैरो हेरोइन सहित २२ वर्षीय अभिषेक थारू सहित दुई जनालाई पक्राउ गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कमा बस्ने भारतिय नागरिक १९ वर्षीय प्रियन्सु कुमार मण्डल, १९ वर्षीय मोहम्मद लाल भन्ने साहिल सेख र २३ वर्षीय मोहम्मद काजीम आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको साटबाट १४ ग्राम ३ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको बिर्तामोड नगरपालिका–८ गरामनीबाट ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्रामसहित २५ वर्षीय प्रतिक राईलाई पक्राउ गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका–८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ