सप्तरी । प्रहरीले सप्तरीको खड्क नगरपालिका–११ स्थित बनौलीबाट ५ राउण्ड गोली र लागुऔषध सहित दुईजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरी खड्क नगरपालिका–११ बनौली बस्ने १८ वर्षीय किशोर छन् ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितको साथबाट थ्रिनटथ्रि राइफलको ५ राउण्ड गोली बरामद गरेको छ । किशोरको साथबाट गाँजा २० ग्राम र लागूऔषध नाइट्राभेट २ ट्याब्लेट बरामद गरेको छ । मंगलबार साँझ पक्राउ गरेर उनीहरुबारे ईप्रका कल्याणपुरले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ